Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले दिए राजीनामा

सोमबार, मंसिर १२, २०७९

काठमाडौँ– नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिका अध्यक्ष डा. रवीन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

 

कोरोना बीमा दाबी भुक्तानीमा नेपाल पुनर्बीमा कम्पनीलाई कानुन विपरीत रकम तिर्न वाध्य बनाउन लागिएको भन्दै अध्यक्ष घिमिरेले राजीनामा दिएका हुन् ।


कुनै पनि कानुन र नियमले कोरोना बीमाको दाबी भुक्तानीमा कम्पनीले पुन रकम दिनुपर्ने व्यवस्था नगरेपनि नियामक निकायको दबाबमा वाध्य बनाउन लागिएकाले आफूले पदबाट राजीनामा दिएको डा. घिमिरेले बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्