कृषि विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला
चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा राजनीति दलमा आवद्द विद्यार्थी संगठनहरुले ताला लगाएका छन् ।
विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।
विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले तालावन्दी गरेका छन्। गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको भएको भन्दै ४ विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू छैँटौँले विभिन्न ५ बुँदामा असहमति जनाएका छन् । नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइने छ’ भनी विश्वविद्यालयले सूचना जारी गरेको छ ।
नयाँ पाठ्यक्रम कुन हो, कस्तो हो, कहाँ छ, कहिले बनेको हो, कुनै जानकारी विना नै सूचनामा नयाँ पाठ्यक्रम अनुसार अध्यापन गराइने भनिएकोमा आफूहरुको आपत्ति रहेको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।