Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर बजारमा सामान्य वृद्धि

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ–नेप्से परिसुचक सामान्य अंकले बढेको छ । नेप्से २.९९ अंकले बढेर १९५३ .३५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.०२ प्रतिशतले बढेर ३८२.६९ विन्दुमा पुगेको छ ।


अघिल्लो कारोबार दिन सोमबार नेप्से १५.६१ अंकले ओरालो लागेर १९५०.३७ विन्दुमा अडिएको थियो ।


सो दिन १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँमा खरिद बिक्री भएको थियो । यसदिन २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँमा खरिदबिक्री भयो ।


कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक बढ्यो भने ६ को घट्यो । यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ ।


डेभलपमेन्ट बैंक, हाइड्रोपावर,लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल र अदर्श समूहको सूचक ०.८१ प्रतिशतसम्म बढ्यो । आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन । यसदिन धवलागिरि लघुवित्त वित्तीयको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले बढ्यो ।


यसदिन हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार गरी शीर्षस्थानमा रह्यो ।   

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्