अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त
काठमाडौँ – अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलवार प्राप्त गरेको छ । केन्द्रीय बैङ्क द अफगानिस्तान बैङ्क (डीएबी)ले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर प्राप्त गरेको जानकारी दिएको छ ।
विज्ञप्ति जारी गर्दै मानवीय नगद सहायता पठाएकोमा अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गर्दै बैङ्कले बैङ्किङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।
यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो । युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्याएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १२:०९
प्रतिक्रिया दिनुहोस्