Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिओकेले तिर्याे २ कराेड बढी जरिवाना

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ – बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार नपुर्‍याएपछि विओकेलाई  जरिवाना तिराएको हो ।  

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुला विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था  गरेको छ ।  सो नपुगेको खण्डमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्न सक्छ । 

त्यस्तै सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणलाल मास्केलाई बोलाएर सचेत गराएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्