Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंकिपक्सको परिवर्तित नाम अब एमपक्स

बुधबार, मंसिर १४, २०७९

काठमाडौं - विश्व स्वास्थ्य संघठन (डब्लुएचओ)ले मंकिपक्सको नयाँ नाम एमपक्स राख्न सिफारिस गरेको छ ।  विशेषज्ञहरु संगको परामर्शपछि डब्लुएचओले नयाँ शब्द ‘एमपक्स’लाई मंकिपक्सको पर्यायवाचीको रूपमा प्रयोग गर्न सुरु गर्ने प्रस्ताव गरेको हो । 

मन्कीपक्स प्रकोपको विस्तार भएपछि केही समुदायहरूमा जातीय र कलंकित भाषाको रुपमा यसलाई लिईएको थियो। धेरै सार्वजनिक बैठकहरूमा धेरै व्यक्ति र देशहरूले यस नामको विषयमा चिन्ता व्यक्त गरेपछि डब्लुएचओलाई नाम परिवर्तन गर्ने प्रस्ताव गरिएको थियो। त्यही अनुसार डब्लुएचओले उक्त नाम सिफारिस गरेको हो । 

नयाँ र असाधारण रूपमा अवस्थित रोगहरूको नामहरू तोक्ने काम डब्लुएचओ अन्तर्गतको आईसीडीले गर्छ।
डब्ल्यूएचओको आईसीडी अपडेट प्रक्रिया अनुसार नयाँ नामहरूको लागि सुझाव पेश गर्न आमन्त्रित गरिएका विज्ञहरूको दायरा, साथै देशहरू र जनताबाट विचारहरू सङ्कलन गर्न परामर्श गरिएको थियो।

यी परामर्शहरूको आधारमा र डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसससँग थप छलफलको आधारमा डब्ल्यूएचओले यो नाम सिफारिस गरेको हो।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०२:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार