रेमिट्यान्सलाई वैधानिकता दिने विषयमा इसेवाका ब्राण्ड एम्बेसेडर हमाल र युएईका लागि नेपाली राजदूत ढकालबीच छलफल
काठमाडौँ–इ–सेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर राजेश हमाल र युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालबीच रेमिट्यान्सलाई वैधानिकता दिनेबारे छलफल भएको छ ।
इ–सेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नेपाली सिने जगतका महानायक हमालले नेपाली राजदूत ढकालसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा हमालले इ–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’को अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए । साथै हमाल र राजदूत ढकालबीच वैधानिक रूपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्धन गर्ने विषयमा समेत छलफल भएको थियो । इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको सफलताको कामना गर्दैै राजदूत ढकालले वैधानिक रेमिट्यान्सलाई बढावा दिने अभियानमा आफ्नो प्रतिवद्धता रहने बताए ।
हमालले युएईको दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरु बस्ने क्याम्पमा गएर इ–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इ–सेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे जानकारी गराएका थिए ।
हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इ–सेवा मनी ट्रान्सफरसंग आवद्ध छन् । उनी देश तथा विदेशमा ‘मेरो डिजिटल देश’ अभियानको प्रवद्र्धनमा सक्रिय छन् ।
‘मेरो डिजिटल देश’ अभियान देश तथा विदेशमा रहेका नेपालीको साझा अभियान हो । विदेशबाट वैधानिक र डिजिटल माध्यमबाट नेपालमा पाउने व्यक्तिको बैंक खाता वा वालेटमा पैसा भित्राउँदै डिजिटल माध्यमबाट पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै पैसा पठाउने र पाउने शैलीलाई डिजिटलाइज गर्न मद्दत पु¥याउने र देशको अर्थतन्त्र सुदृढीकरणमा समेत सहयोग गर्ने अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
विदेशबाट इ–सेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पाउने व्यक्तिको बैंक खाता वा इ–सेवा वालेटमा पैसा पठाएर अभियान अन्तर्गतको योजनामा सहभागी हुन सकिन्छ । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिने कम्पनीले जानकारी दिएको छ ।
यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनै पिछे ६ महिनाको अवधिसम्म १ जनाले सरप्राइज गिफ्ट प्याकेज पाउने छन् भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सक्ने छन् ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।