व्यापार तथा प्रतिस्पर्धात्क आयोजनासम्बन्धि प्रभु बैंक र युएसआईडीबीच सम्झौता
काठमाडौँ–प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता अन्र्तगतको सहयोगसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट प्रमुख प्रतिनिधि एग्नेस लुज र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड–१९ को महामारी पछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।
उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको सञ्चालन तथा नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ ।