नेपाली महिलालाई हत्या गरेको आरोपमा भारतमा एकजना पक्राउ
काठमाडौँ— भारतमा नेपाली महिलालाई हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
भारतको बेंगलोर पुलिसले नेपाली महिलालाई सामान्य विवादको क्रममा भित्तामा टाउको ठोक्काएर मारिएको आरोपमा पक्राउ गरेको न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । मृत्यु हुनेमा कृष्णा कुमारी रहेकी छन् । उनी त्यहाँ ब्युटीपार्लरको काम गर्थिन् ।
उनीहरु विगत केही वर्षदेखि सँगै बस्दै आएको प्रहरीले जनाएको छ । हत्या गर्ने सन्तोष धामीको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ ११:५६
प्रतिक्रिया दिनुहोस्