बैतडीमा बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटियो
काठमाडौँ– बैतडीमा बेपत्ता भएकी युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीसँगैकी अर्की किशोरी घाइते छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १२:५४
प्रतिक्रिया दिनुहोस्