रतन्धो रोग लागेमा के गर्ने ?
काठमाडौँ - आयुर्वेदको मान्यता अनुसार आँखाका रोगलाई उध्र्वजत्रुगत रोगको श्रेणीमा राखिएको छ । अर्थात् शरीरको माथिल्लो भागमा उत्पन्न हुने रोगको श्रेणीमा राखिएको छ । आँखामा उत्पन्न हुने रोगहरुमध्ये रतअन्धो रोगको घरेलु उपचारका बारेमा यहाँ चर्चा गरिएको छ ।
घरेलु उपचार
– मकोयको साग खानुपर्दछ ।
– बगरा अथवा हुलहुललाई उमालेर नुन–मसला मिलाई पेटभर खानाले रतन्धो नष्ट हुन्छ ।
– रिजको तरकारी बनाई खानाले आँखामा उत्पन्न हुने अँध्यारोपना हराउँदछ ।
– मिश्री पानी खानाले पनि रतन्धो निको हुन्छ ।
– सेतो नुन पानीमा मिलाई आँखामा लगाउनाले रतन्धो निको हुन्छ ।
– सख्खर तथा सौफ खाने बानीले रतन्धो निको हुन्छ ।
– सिरिसको पातको रस ३-४ थोपा सधैँ आँखामा लगाउनाले रतन्धो हुन छाड्छ ।
साभारः ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ ०३:२१
प्रतिक्रिया दिनुहोस्