Nic Ad Nic Ad
Nic Ad Nic Ad

थ्रेस होल्ड कटाउन माधव नेपालको पार्टीलाई सकस, अरुको कति ?

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं - प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना हुँदासम्म माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई थ्रेस होल्ड कटाउन सकस भएको छ । पछिल्लो मत परिणामसम्म समावजादीले २ लाख ९२ हजार १५८ मत पाएको छ।

बिहीबार बिहान ८ः५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत पाएर पहिलो स्थानमा छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ। जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०४:०२
प्रतिक्रिया दिनुहोस्