वैकल्पिक पार्किङको व्यवस्थापन गर्नुपर्ने भन्दै बागबजारका व्यवसायीको विरोध प्रदर्शन(फोटोफिचर)
काठमाडौँ– काठमाडौं महानगरपालिका २८ बागबजारका सडक किनारमा व्यवस्थित पार्किङका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने भन्दै व्यवसायीहरुले व्यवसाय बन्द गरी विरोधमा उत्रिएका छन् ।
काठमाडौँ महानगरले बागबजारको साईट राखिएका मोटर साईकल पार्किङ नराख्न निदएको दिएसँगै त्यहाँका व्यवसायीहरुले वैकल्पिक मोटर साईकल पार्किङ व्यवस्था तुरुन्तै व्यवस्था गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गर्दै सडक समेत अवरुद्ध गरेका छन् ।
त्यहाँका सबै व्यवसायीहरु पसल बन्द गरि सडक उत्रिएर नाराबाजी गरिरहेका छन् । हाल व्यवसायी र प्रहरी विच वार्ता जारी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १०:५४
प्रतिक्रिया दिनुहोस्