Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरले गर्यो शैक्षिक गुणस्तर वृद्धि गर्न ३ साझेदारसँग सहमति

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । 


आज उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन । दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन छन । 


सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताइन् । ‘हामीलाई थाहा छ, गुणस्तरीय शैक्षिक क्रियाकलापका लागि गुणस्तरीय शिक्षण आवश्यक पर्छ । यसका लागि पर्याप्त पूर्वाधार र योग्य जनशक्ति आवश्यक हुन्छ ।

 

आफ्नो क्षेत्रबाट काम गरिरहेका साझेदारसँग सहकार्य गरेर हामी नतिजा निकाल्न प्रयास गर्नेछौँ ।’
विद्यालय उमेरमा सिकेका ज्ञान र सीप नै जीवनभरि स्मरणमा रहन्छन् । त्यही कालमा सिकेका सीपबाट धेरै मानिसहरुले जीवनको लक्ष्य बनाएका छन् । उपप्रमुख डंगोलले भने, ‘यसकारण पनि हामी विद्यालय उमेरका बालबालिकालाई जीवन चलाउन सक्ने दृष्टिकोण निर्माण गर्न सक्ने बनाउँछौँ ।’


‘काठमाडौँ महानगरपालिकाले शैक्षिक रुपान्तरण गर्न खोजिरहेको छ । यसका लागि महानगर एक्लैले काम गरेर पुग्दैन । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन, शिक्षण र सिकाईका विच के अभाव छ, थाहा पाउन हामीले त्यही क्षेत्रमा काम गर्ने संस्थाहरुसँग थालनी गरेका हौँ ।’ त्यस क्रममा महानगरका शिक्षा सल्लाहकार अर्यालले धारणा राखे 


पूर्व प्राथमिक तहमा बालमनोविज्ञान अनुरुप दण्डरहित शिक्षण सहजीकरणका लागि केन्द्रीय विभागले सहजकर्ताहरु पठाउनेछ । विभागको स्नातकोत्तर तहमा बाल विकास र लैङ्गिक सामाजिकता विषयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्न सहजकर्ताका रुपमा पठाइनेछ । विभागले पठाउने ४० जना विद्यार्थीहरु महानगरको शिक्षा विभागले खटाउने विदालयमा गएर बालमैत्री शिक्षण सिकाई, शैक्षिक सामग्री निर्माण, विद्यार्थीमैत्री पोशाक, अभिभावक शिक्षा, विषयगत दृष्टिकोण (थिमेटीक अप्रोचका क्षेत्रमा सहजीकरण गर्नेछन् ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार