किन झर्छ कपाल ? जान्नुहोस् ५ कारण
काठमाडाैँ – आजकल युवा पुस्तामा पनि कपाल झर्ने समस्या आम बनेको छ । जसका कारण धेरै जना कपाल चिन्तित हुने गरेका छन् । यस्तोमा कपाल किन झर्छ भनेर बुझ्न जरुरी छ । कपाल झर्नेको थुप्रै कारण मध्ये मुख्य १० कारण यस्ता छन् ः
– हर्माेन
कपाल झर्नुको मुख्य कारणमा हर्माेन पनि एक हो । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेल्छ । यसरी झर्ने कपाललाई पुनः पलाओस् भन्न मलहम वा कपाल रोपेर पनि पहिले झैँ बनाउन सकिन्छ । तर सबैमा भने यसले सुधार नगर्न सक्छ ।
– कम प्रोटिन
शरीरमा आवश्यकता अनुसारको प्रोटिन पुगेन भने पनि कपाल झर्ने गर्दछ । शरीरमा प्रोटिनको कमी भएको २÷३ महिनाबाटै कपाल झर्न सुरु हुन्छ । तर शरीरमा प्रोटिनको मात्रा पुग्यो भने कपाल झर्ने क्रम रोकिन्छ । त्यसैले खानामा प्रोटिनको मात्रामा ध्यान दिनु पर्दछ ।
– आइरनको कमी
शरीरमा आइरनको कमी हुनु आजकल आम स्वास्थ्य समस्या बनिसक्यो । यसरी शरीरमा आइरनको कमी हुँदा कपाल झर्ने सम्भावना बढी हुन्छ । यदि आइरनको कमीले कपाल झर्ने समस्या भइरहेको छ भने कपाल झर्ने बाहेक बेहोस हुने, टाउको दुख्ने, आँखा धमिलो देख्ने लगायतका समस्याहरू पनि देखा पर्न सक्छ ।
– भिटामिन बिको कमी
शरीरमा भिटामिन बिको कमी भयो भने पनि कपाल झर्ने समस्या हुने गर्दछ । त्यसैले खानामा भिटामिन बी समावेश गर्ने वा खाद्य पदार्थहरू फलफूल, माछा, मासु, तरकारी प्रशस्त मात्रा खानु उत्तम हुन्छ ।
– गर्भ रहेको बेला
केही महिलामा गर्भधारणको समयमा पनि कपाल झर्ने समस्या हुन सक्छ । यो अवस्थामा कपाल झर्नु सामान्य हो । यस्तो अवस्थामा झरेको कपाल पछि पुनः पलाउन थाल्दछ ।