Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ द इयर’ अवार्ड

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ–नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले प्रतिष्ठित फाइनान्सियल टाइम्स “बैंक अफ द इयर २०२२“ अवार्ड जितेको छ । 


बैंक सन् २०२२ को लागि देशको उत्कृष्ट बैंकका रुपमा छनोट भएको हो । एनआईबीएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो ।  


बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गरेका हुन् । 


सम्मानित फाइनान्सियल टाइम्स प्रकाशनसँग सम्बन्धित बैंकर पत्रिकाले यो पुरस्कार प्रदान गरेको हो । बैंकले यसलाई आफ्नो स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणाम भएको बताउँदै यसले बैंकलाई आफ्ना प्रतिस्पर्धीहरूभन्दा प्रतिस्पर्धात्मक लाभ दिएको उल्लेख गरेको छ । 


बैंकले आफ्ना बृहत् ग्राहकवर्गलाई बजारमा माथि उठाउनको लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराएको छ । बैंकले ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार गर्दै न्यून ब्याजबाट वञ्चित क्षेत्र कर्जा उत्पादनहरू उपलब्ध गराई समाजका पिछडिएका वर्गहरूलाई वित्तीय पहुँच र समावेशीकरणमा निरन्तर ध्यान केन्द्रित गरेको छ । एनआइबिएलले विभिन्न ग्रामीण जनसंख्यालाई बैंकिङ सेवाहरूमा पहुँच सशक्तिकरण गर्दै वित्तीय सचेतना र तालिम कार्यक्रमहरू पनि प्रदान गरेको छ । 


एनआईबीएलले ८८ शाखा, १३३ एटीएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ । बैंकले अन्तर्राष्ट्रिय प्रकाशन–युरोमनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को लागि युरोमनी अवार्डहरू पनि प्राप्त गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्