Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘मिसेस् नेपाल युनिभर्स’ को तेस्रो संस्करण आइतबार

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ–लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘मिसेस नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विवाहित महिलाहरूबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण आइतबार अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ । 


प्रतियोगिताबाट चयन हुने मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्नेछन् । इच्छुक विवाहित महिलाले जुनै देशमा रहेको भए पनि भाग लिन पाउने सो प्रतियोगितामा यसपटक  चौध जना विवाहित सुन्दरीले सहभागीता जनाएको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।


अन्तिम तयारीमा रहेका सुन्दरीहरुमा सन्नी शाही, बिनिता अधिकारी खनाल, बिनिता बस्नेत, रिना अधिकारी, शविता श्रेष्ठ, विमला बुढाथोकी, मिनु शाह, अन्जु बस्नेत, हिना थापा, प्रमिला केसी, निश्मा बन, श्रीजा डंगोल, कविता खनाल र शोभा क्षेत्री छन् । प्रतियोगीहरु यतिबेला दुईदिने क्याम्पिंग प्रशिक्षणमा छन् ।


विभिन्न विद्यामा प्रतिष्पर्धा गराइने उक्त प्रतियोगिता निष्पक्ष बनाउन निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु राखिने आयोजकले जनाएको छ । विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण प्रतियोगिताको प्रमुख उद्देश्य छ । कोभिड महामारीका कारण स्थगित प्रतियोगिता यसपटक थप परिष्कृत रुपमा गर्ने तयारी भइरहेको लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्