Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनगढीमा चर्किदै तनाव, प्रहरीद्वारा डेढ दर्जन सेल अश्रुग्याँस प्रहार

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं। कैलालीको सदरमुकाम धनगढीमा जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ ।

 

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए । ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

 


उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका(५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार