आश्मा र संयमले गरे १० वर्षको प्रेमलाई विवाहमा परिणत
काठमाडौँ–अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी विवाह बन्धनमा बाँधिएका छन् । बौद्धस्थित हायात रिजेन्सीमा यी दुईको विवाह भएको छ । संयम र आश्माले करिब १० वर्षको प्रेमलाई विवाहमा परिणत गरेका छन् ।
सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभास’ संयम र आश्मा एकसाथ देखिएका थिए ।
संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्मा दुवै पछिल्लो समय अमेरिका रहँदै आएका छन् । विवाहकै लागि उनीहरु गत शुक्रबार नेपाल फर्किएका हुन् । संयमको रिसेप्सन पार्टी भने मंसिर २१ मा आयोजना गरिएको छ ।