खाद्य कार्यालय काभ्रेमा प्रमुख मृत फेला
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत काभ्रेमा रहेको डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् । शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ १०:०९
प्रतिक्रिया दिनुहोस्