जोर्नी दुखेमा के गर्ने ?
काठमाडाैँ – विभिन्न कारणले गर्दा जोर्नी दुख्ने समस्या उत्पन्न हुन्छ । वात दोषको कारण पनि यो समस्या उत्पन्न हुन्छ भने कहिलेकाहीँ पुरानो चोटको कारण पनि जोर्नी दुख्ने गर्छ ।
घरेलु उपचार
१. कालो तिल बाह्र ग्राम पिँध्ने र त्यति मात्रा सख्खरमा मिसाएर सेवन गर्ने ।
२. बाख्रोको दूधले पनि फाइदा गर्छ ।
३. हर्रो, अदुवा र अजवायन पचास–पचास ग्राम मिसाएर पिँध्ने र बिहान–बेलुका खाली पेटमा एक चम्चाको दरले सेवन गर्ने ।
४. अश्वगन्धाको चूर्णमा चिनी र शुद्ध घिउ मिसाएर दैनिक बाह्र ग्रामको दरले सेवन गर्ने ।
५. हर्रो र अदुवाको चूर्ण बिहान–बेलुका हल्का तातो पानीसँग सेवन गर्ने ।
६. मिठाई नखानुहोस् ।
७. बासी खानेकुरा नखानुहोस् ।
८. बिहान नियमित टल्ने बानी बसाल्ने, हल्का तातो पानीले नुहाउने ।
९. घुँडामा तातो–चिसो पानीको सेक गर्ने र माटो पट्टी दिने ।
साभार: ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट