Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारसँग ४२ हजार ९ सय ४३ मेट्रिक टन मल मौज्दात

आइतबार, मंसिर १८, २०७९

काठमाडौं। अहिले सरकारसँग ४२ हजार ९ सय ४३ मेट्रिक टन मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कृषि सामाग्री कम्पनीसँग ४२ हजार नौ सय ४३ मेट्रिक टन मल मौज्दात रहेको हो। 

 

कम्पनीसँग युरिया १५ हजार, डिएपी १८ हजार ४ सय, पोटास १ हजार ८ सय ३७ गरी जम्मा ३५ हजार ४ सय टन मल मौज्दात छ भने साल्ट ट्रेडिङसँग युरिया ६ हजार ५ सय, डिएपी ८ सय र पोटास ९५ मेट्रिक टन मौज्दात छ।  चालू आर्थिक वर्ष २०७९र८० मा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २ लाख ५७ हजार मेट्रिक टन रासायनिक मलखाद खरिदका लागि टेण्डर आह्वान भएका थियो।

 

मन्त्रालयका अनुसार सोमध्ये एक लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार पाँच सय मेट्रिक टन बिक्री वितरण भइएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्