Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा विश्वविद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

आइतबार, मंसिर १८, २०७९

कास्की– पोखरा विश्वaविद्यालय वायोमेडिकल विद्यार्थी संगठनले निशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । शनिवार पोखरा १७ स्थित मानव सेवा आश्रम परिसरमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ, अफ अल्लाइड साईन्सेज अन्र्तगत स्थापित संस्था,पोखरा विश्वविद्यालय वायोमेडिकल संगठनको आयोजनामा शिविर सम्पन्न भएको हो ।उक्त अवसरमा यूरिक एसिड,सुगर, ब्लड प्रेसरलगायत होलवडी चेकअप गरिनुको साथै स्वास्थ सम्वन्धि सचेतना समेत प्रदान गरिएको थियो ।

No description available.

सजिना पौडेलको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममास्वास्थ शिविर कार्यक्रममा स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्स की निर्देशक बिमला भट्ट, कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ता, डा. श्रृङखला तिमिल्सिना,लगायत सहभागी भएका थिए । त्यस्तै नवसैनिक फार्मेसी एण्ड डेण्टल क्लिनिक, विपिन वाग्ले, सन्दिप पोखरेल, कृष्णा बस्ताकोटी,महेश अधिकारी लगायतको विशेष सहयोग रहेको थियो । फेवासिटि हस्पिटल एण्ड रिचर्स सेन्टरले शिविरमा विशेष सहयोगी भुमिका निर्वाह गरेको थियो ।No description available.

 

निशुल्क स्वास्थ शिविरको संयोजकत्व रोशन पाण्डेले गरेका थिए भने कार्यक्रमको संचनलन सुस्मीता बरालले गरेकी थिईन ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार