इन्डोनेसियाको माउन्ट सेमेरुमा विस्फोट, हजारौँ मानिस भाग्न बाध्य
इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विस्फोट हुँदा करिब दुई किलोमिटरमाथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । विस्फोटपछि करिब दुई हजार मानिसलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीका कारण करिब एक दर्जनौँ मानिसको ज्यान गएको ठीक एक वर्षपछि यो विस्फोट भएको हो ।
इन्डोनेसियाको राजधानी जकार्ताबाट करिब आठ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जाभा टापुको सबैभन्दा अग्लो पहाडबाट विस्फोट भएपछि यसलाई ज्वालामुखी हुनसक्ने उच्चतम सम्भावना रहेको चेतावनी अधिकारीहरूले दिएका छन् । सेमेरु वरपरका गाउँहरू ज्वालामुखीको खरानी र मनसुनी वर्षाको मिश्रणले तहसनहस भइरहेको एक स्थानीय उद्धार समूहले एएफपीलाई शेयर गरेको भिडियोमा देखिएको छ । ज्वालामुखीबाट ठूलो कालो बादल उठेको र त्यसले आकाशलाई घेरेको र सूर्यको प्रकाश छेकिएको छ ।
स्थानीय एक जना बासिन्दाले आफ्नो गाउँमा खरानीको मात्रा खसिरहँदा आतङ्कित भएको बताए । “अँध्यारो थियो, मैले केही पनि देख्न सकिनँ । पानी र खरानीको वर्षा भइरहेको थियो,” नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्तिले एएफपीसँग भने ।उनले भने, “मलाई थाहा थिएन कि कहाँ आश्रय लिने । म भाग्नु प¥यो ।”
इन्डोनेसियाको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले तीन हजार छ सय ७६ मिटर ९१२ हजार ६० फिट० अग्लो पहाडको टुप्पोमा लाभाको थुप्रोका कारण आएको ‘तातो हिमस्खलन’ले बगाएको बताए । इन्डोनेसियाको ज्वालामुखी तथा भौगर्भिक प्रकोप न्यूनीकरण केन्द्र (पीभीएमबीजी) का प्रवक्ताले कोम्पास टीभीलाई बताएअनुसार स्थानीय गाउँहरू खतरामा परेका उच्च सतर्कताको सूचना प्रवाह गरिएको छ ।
यद्यपि, केन्द्रले आसपासका बासिन्दालाई क्रेटरको आठ किलोमिटर (पाँच माइल) भित्र यात्रा नगर्न चेतावनी दिएको छ भने आइतबार कुनै हताहत वा घाइते भएको खबर प्राप्त भएको छैन । भौगर्भिक निकायका अनुसार खरानीको बादलको आकार घट्दै गए पनि साँझसम्म सेमेरु ‘विस्फोटको चरणमा’ थियो ।
“समग्रमा ज्वालामुखी विस्फोटको सम्भावना अझै पनि धेरै उच्च छ,” उक्त निकायले भनेको छ । एएफपीका एक पत्रकारका अनुसार विस्फोटपछि उक्त क्षेत्रमा इन्टरनेट बन्द भएको थियो र फोनका सिग्नलहरू हराएका थिए ।