Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेको नागरिकता छानविन गर्न अख्तियारको अग्रसरता

सोमबार, मंसिर १९, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम् नवनिर्वाचित सांसद रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ। आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको छ । 

आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ। 

 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्