प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने
काठमाडौं-प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेका घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा विभिन्न १४ जिल्लाका २९ स्थानमा रहेका गैर बैंकिङ्ग सम्पति बिक्री गर्न लागेको हो । गैर बैंकिङ्ग सम्पत्ति (घरजग्गाहरु) जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बैंकले बिक्री गर्ने जनाएको छ ।
उक्त घरजग्गा खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुले कबुल रकमको १० प्रतिशत रकम धरौटी राखि सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात् मंसिर २५ गतेभित्र बैंकको प्रधान कार्यालय काठमाण्डौमा बोलपत्र पेश गर्न सक्नेछन् । प्राप्त हुन आएका बोलपत्रहरु मंसिर २६ गते खोलिने छ ।
बैंकले सुनसरी, काभ्रे, धादिङ, ललितपुर, सर्लाहीको हरिवन, मोरङ्ग, नवलपरासीको कावासोती, रुपन्देही, स्याङ्जा, सिन्धुपाल्चोक, झापा, काठमाडौंको टोखा सरस्वती, चितवन, दोलखा र काठमाडौंको कलंकी मालपोत कार्यालयमा दर्ता भएका घरजग्गा बिक्री गर्ने भएको हो ।
प्रभु बैंकले आफ्नो गैर–बैंकिङ सम्पत्ति बिक्री गरेर बैंकलाई दिगो बनाउन खोजेकोे छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले प्रोभिजनमा कडाइ गर्दा र गैर–बैंकिङ सम्पत्तिलाई बिक्री गर्न बैंकहरुलाई सर्कुलर नै जारी गरेको छ । सोही अनुसार बैंकले गैर–बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको हो । बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिन्छ ।