अफगानिस्तानमा १२ जना लागुऔषध तस्कर पक्राउ
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा लागुऔषध तस्करीमा संलग्न रहेको आरोपमा अफगान प्रहरीले १२ जनालाई पक्राउ गरेको प्रान्तीय प्रहरी कार्यालयले सोमबार एक विज्ञप्तिमा जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट १२ केजी अवैध लागुऔषध चरेस र हेरोइन निर्माणमा प्रयोग हुने पदार्थ समेत बरामद भएको प्रहरीले जनाएको छ । अवैध लागुऔषध विरुद्धको यस्तै अर्को कारबाहीमा प्रहरीले गत हप्ता पश्चिम घोर प्रान्तमा तीनवटा लागुऔषध प्रशोधन प्रयोगशाला फेला पारेको थियो।
तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले देशलाई लागुऔषधको दुव्र्यवहारबाट मुक्त नभएसम्म अफिम खेती, यसको प्रशोधन र लागुऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ १९:०६
प्रतिक्रिया दिनुहोस्