Nic Ad Nic Ad
Nic Ad Nic Ad

३२ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

सोमबार, मंसिर १९, २०७९


काठमाडौँ । ३२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाएको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट १ जना पर्ने गरी शिफारिस भएर आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्मान गरेका हुन् । 

 

कार्यक्रममा बोल्दै प्रमुख शाह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महिला स्वास्थ्य स्वयमसेविकाले जनताको घरमा महानगरको उपस्थिति देखाउनुभएको भन्दै प्रशंशा गरे । ‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो । नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस । तपाईँहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरुको यो योगदान अतुलनीय छ ।’ प्रमुख शाहको भनाइ थियो ।

 

त्यस क्रममा उपप्रमुख डंगोलले, समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पु¥याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताइन्। ‘घर घरमा कसलाई कस्तो समस्या छ भनेर लगत भएका स्वयमसेविकाहरुलाई महानगरले कम आँकलन गरेको छैन । हामी गर्दैनौँ ।’ उपप्रमुख डंगोलले भनिन्, ‘महामारीजस्तो कठिन समयसँग जुध्नका लागि यहाँको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको छ ।’

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्