लोकसेवामा फेल भएका इन्जिनीयरलाई काठमाडौँ महानगरले भर्ना गर्ने (विज्ञापनसहित)
काठमाडौँ । काठमाडौँ महानगरले करारमा काम गर्न इन्जिनीयर भर्ना गर्ने भएको छ । काठमाडौँ महानगरले सूचना निकालेर महानगरले सञ्चालन गरेको कामहरुको नेतृत्व गर्नको लागि इन्जिनीयरहरुलाई करारमा काम गर्नको लागि निवेदन दिन भनेको छ ।
महानगरले भर्ना गर्ने इन्जिनीयरहरु लोकसेवा आयोगले विभिन्न मिति र विज्ञापनमा लिएरको परिक्षालाई आधार मान्ने जनाएको छ । लोकसेवाको परिक्षा वैकल्पिक उम्मेदवार बनेका इन्जिनीयरहरुमध्येबाट महानगरले विभिन्न सेक्टरका इन्जिनीयरहरुलाई भर्ना गर्ने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ ०९:३५
प्रतिक्रिया दिनुहोस्