Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्गेजमेन्ट टुटेपछि शरीरमा आगो लगाएकी केल्मी ब्राण्ड शोरुम सञ्चालक न्यौपानेको मृत्यु

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं । विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटाको घरको गेटमा बसेर शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको मृत्यु भएको छ।


इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् । प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न  पेट्रोल खन्याएकी थिइन् ।


उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ । आफ्नो शरीरमा पेट्रोल खन्याएकी उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।


सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार