नक्कली फेसबुक पेज बनाउने महतो पक्राउ
काठमाडौँ— नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने १८ वर्षीय करण महतोलाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोअन्तर्गतका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले कार्यालयको ‘साइबर ब्यूरो नेपाल’ नामको नक्कली फेसबुक पेज बनाइ सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेजको दुरुपयोग भएको बताए।
चितवन रत्ननगरपालिका वडा नं। ५ झुवानीटोल बस्ने आरोपित महतोमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पाँच दिने म्याद थप भइ आवश्यक अनुसन्धान कार्य भइरहेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १७:४१
प्रतिक्रिया दिनुहोस्