Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआइसी एशियामा अब ९९९ मा वैदेशिक रोजगार डिम्याट खाता

मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ – वैदेशिक रोजगारमा गएका र जानेहरूका लागि एनआइसी एसिया क्यापिटलले ९ सय ९९ रुपैयाँमै खाता खोली दिने भएको छ । 


एक पटक खोलिएको डिम्याट खाता लाईफ टाइम रिन्यु गर्नु नपर्ने कम्पनीले जनाएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै पे वान टाइम फरगेट लाइफ टाइम भन्ने नाराका साथ ९ सय ९९ रुपैयाँमा डिम्याट खाता खोल्ने अवसर ल्याएको जानकारी गराएको छ ।


नेपाल धितो पत्र बोर्डले आगामी दिनमा कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूको लागि छुटाई बाँडफाँड गर्नु पर्ने व्यवस्था गरिसकेको छ । 

 

एन आई सी एसिया क्यापिटलले यस  योजना अन्तर्गत हाल सञ्चालनमा रहेका खातावालाहरूले समेत मात्र ९ सय ९९ भुक्तानी गरी डिम्याट खाता जीवनभरको  लागि नवीकरण गर्न सकिने बताएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्