पुसदेखि लागु हुने गरी आयात प्रतिबन्ध फुकुवा
काठमाडौँ – सरकारले विलासी वस्तुमा लगाएको आयात प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात गरेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात पुसदेखि लागू हुनेगरी खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू भने, ‘मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो, आजै बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको हो, मंसिर २९ पछि आयात खुल्छ’
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बााकी ४ प्रकारका बस्तुहरु सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।