साउदी अरब जाँदै चिनियाँ राष्ट्रपति सी
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा जाने भएका छन् । उनी यसै हप्ता साउदीको तीनदिने भ्रमणमा जाने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने साउदीका सञ्चारमाध्यमहरुले पनि उल्लेख गरेका छन्।
सीले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै उनले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने जनाएको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमण हो । साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाकाबीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ।