Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

बुधबार, मंसिर २१, २०७९

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएको छ। 


सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. श्यामकुमार साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे। 


सम्झौताअनुसार उक्त अस्पतालले पाठेघर खसेको महिला र हाइड्रोसिल भएको पुरुषलाई निःशुल्क शल्यक्रिया, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पुर्‍याइने उल्लेख छ। यो सेवा नगरपालिकावासीको लागिमात्र भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले बताए। 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार