Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्वोच्च बार भन्छ– चोलेन्द्रलाई रोक्छौँ

मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना
बुधबार, मंसिर २१, २०७९


काठमाडौँ– सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालत प्रबेशमा रोक लगाउने तयारी गरेको छ । बारले मुख्य गेटमा अवरोध गर्ने तयारी सुरु गरेको छ ।

सर्वोच्च बारले  प्रदर्शनको तयारीमा गरेको छ ।  बारका उपाध्याक्षले निलम्बन फुकुवा नभएको दाबी गरेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको हो ।

संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए ।

महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।


बुधबार संसदका महासचिव डा भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् ।  प्रधानन्यायाधीश जबराले सुरक्षा व्यवस्थाको तयारी गरेर आजैदेखि काममा फर्कने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्