Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू’

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ– राजविराजमा आज आयोजित एक कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।

 

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले गरेको लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले महिला हिंसा अन्त्यका लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताए । उनले सामाजिक सुरक्षालाई विशेष महत्त्व दिएर समानता कायम गर्नुपर्ने धारणा राखे । 

 

कार्यक्रममा लैङ्गिक हिंसाविरूद्ध अभियानमा संलग्न अधिकारकर्मीलाई सम्मान गरिएको थियो । अन्तक्र्रिया कार्यक्रमअघि हिंसाविरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्