सर्वोच्चलाई उत्तर दिन सचिवालयमा छलफल गर्दै महासचिव गौतम
काठमाडौँ । संघीय संसद सचिवालयले सर्वोच्च अदालतलाई जवाफ फर्काने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमसेर राणामाथि लागेको महाअभियोग निष्क्रिय भएको पत्र दिएको सर्न्दभमा सर्वोच्चले संसद सचिवालयलाई ४ वटा प्रश्न सोधेको थियो ।
आफूलाई अदालतले प्रश्न सोधेपछि त्यसको उत्तर दिनको लागि संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् ।
सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान र कानुनको कुन आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै प्रश्न गरेर पत्र पठाएका थिए । सो पत्रको कसरी जवाफ दिने भन्ने बारेमा संघीय संसद सचिवालय आन्तरिक छलफलमा जुटेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १२:३२
प्रतिक्रिया दिनुहोस्