विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार
पर्सा । शीतलहर, जाडोलगायतका सम्भावित हुनसक्ने जोखिम आँकलन गरी पर्सामा विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार पारिएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अनुसार शीतलहर, चिसोका कारण आउने विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न राहत, उद्धारलाई प्रभावकारीरुपमा अघि बढाउन योजना तयार पारिएको हो।
शीतलहर, चीसोका कारण आउने विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्रभावित क्षेत्र गाउँटोलका गरिब, विपन्न परिवारको पहिचान गरी राहत, उद्धारका लागि आवश्यक पर्ने इन्धन, दाउरा, कम्बललगायतका सामग्री भण्डारण गर्ने र यसको जिम्मेवारी स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, सरकारी तथा गैरसरकारी संस्थालाई दिइएको जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले जनाएको छ ।
यसैबीच जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको बैठकले बाढी पीडित, आगलागी र चट्याङ लागेर मृत्यु भएकालाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बसेको बैठकले बाढीबाट क्षति भएका पाँच जनालाई ४५ हजार र आगलागीबाट घर क्षति भएका १८ जनालाई ८५ हजार गरी १३ जना घरपरिवारलाई एक लाख ३० हजार राहत दिने निर्णय गरेको छ।
यसैगरी साउन ५ गते वीरगञ्ज महानगरपालिका(२८ का दीनानाथ ठाकुर र असोज १० वीरगञ्ज महानगर२ का सिद्धान्त उपाध्यायको चट्याङ लागेर मृत्यु भएकामा निजका परिवारलाई सरकारले उपलब्ध गराएको जनही रु दुई÷दुई लाख गरी चार लाख दिने निर्णय भएको छ ।