गला बसेमा के गर्ने ?
काठमाडौँ । गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिल्कुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरुले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरुमा स्थिर भएर स्वरभङ्ग गरिदिन्छ । यो स्वरभङ्ग छ प्रकारको हुन्छ– वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।
घरेलु उपचार
१. नुनयुक्त तेलका पदार्थहरु खानाले वात स्वरभंग हट्छ ।
२. तातोपानी पिउनुपर्दछ ।
३. देसी घीउ र सखर सेवन गर्नाले स्वरभंग ठीक हुन्छ ।
४. घीउ र मह पिउनाले स्वरभंग ठीक हुन्छ ।
५. तातो दूध पिउनाले पनि स्वरभंग ठीक हुन्छ ।
६. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वरभंग ठीक हुन्छ ।
७. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वरभंग ठीक हुन्छ ।
८. घाँटीको तालुमा उठेको मासुको रगत निकाल्नाले पन कफ स्वरभंग ठीक हुन्छ ।
साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट