विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र
काठमाडौँ । मोरक्को कतारमा जारी २०२० को फिफा विश्वकपमा सेमि फाइनलमा प्रवेश गरेको छ । विश्वकप प्रवेश गरेसँगै मोरक्को विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
मोरक्कको सेमिफाइनलमा प्रवेश गरेसँगै क्रिष्टियानो रोनाल्डोको पोर्चुगलको आशा समाप्त भएको छ । पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो। मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो।
क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए। योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन्।
अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ ०६:३२
प्रतिक्रिया दिनुहोस्