के तपाईंको पनि कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ?
१.यदि कान दुखेको छ वा काना घाउ आएको छ भने निमको पातलाई पानीमा उमालेर त्यसको वाफ लिनाले आराम मिल्दछ ।
२. लसुन, अदुवा र मुलाको रसलाई हल्का तताई २-२ थोपाका दरले कानमा हाल्नाले कान पाक्ने समस्या निको हुन्छ ।
३. पुदिना र तुलसीको रस २-२ थोपाका दरले कानमा हाल्नाले कानका कीराहरु मर्दछन् ।
४. तुलसीको पातको रस र कपुरलाई मिलाई हल्का तताएर कानमा लगाउनाले कान दुख्ने समस्या साथै कम सुन्ने समस्या कम हुन्छ ।
५. यदि कानभित्र कीरा परेको छ भने सर्स्यूंको तेल मनतातो बनाई कानमा हालेमा कीरा बाहिर आउँदछ ।
६. यदि कानेगुजी बगिरहेको छ भने लसुन, निमको पात र सस्र्यूंको तेल मिलाई सफा कपडाले छानेर राती सुत्नुभन्दा पहिला १-२ थोपा हाल्नाले शीघ्र लाभ मिल्दछ ।
७. हल्दीको धुलो (बेसार) लाई तिलको तेलमा पकाई २-३ थोपा कानमा हाल्नाले फाइदा पु¥याउँछ ।
८. एक कप मनतातो पानीमा फिटकिरी मिलाई कान धुनाले कानलाई फाइदा पु¥याउँछ ।
साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट