Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप फुटबल : सेमिफाइनल समीकरण पूरा

आइतबार, मंसिर २५, २०७९

काठमाडौं–कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् । फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । त्यसअघि मोरक्कोले पोर्चुगललाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
यस्तै, शुक्रबार क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।
अब सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति भिडन्त हुनेछ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्