Nic Ad Nic Ad
Nic Ad Nic Ad

२३ दिनमा ‘दृश्यम २’ ले कमायो भारु १९६ करोड

आइतबार, मंसिर २५, २०७९

काठमाडौं–बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।
फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ । 
योसँगै ‘दृश्यम २’ को अघि धेरै कमाइ गर्नेमा फिल्म ‘तानाजी’ र ‘गोलमाल अगेन’ छन् । यदि ‘दृश्यम २’ ले यस्तै कमाइ गरिरह्यो भने चाँडै ‘गोलमाल अगेन’ को लाइफटाइम कलेक्सनलाई पछाडि पार्ने छ । यसअघि २०२० मा फिल्म ‘तानाजी द अनसंग वारियर’ ले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो भने २०१७ मा आएको उनको फिल्म ‘गोलमाल अगेन’ ले २०५.६९ करोड कलेक्सन गरेको थियो ।
‘दृश्यम २’ को बजेट करिब ६० करोड थियो । फिल्मले मात्र तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो । अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्