Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘वाई वाई मिसेस नेपाल वल्र्ड’की विजेता दीक्षा केसी मिसेस वल्र्डमा प्रतिनिधित्व गर्दैै

आइतबार, मंसिर २५, २०७९

काठमाडौँ–मिसेस वल्र्डमा प्रतिनिधित्व गर्दैै ‘वाई वाई मिसेस नेपाल वल्र्ड’की विजेता दीक्षा केसी नेपालको प्रतिनिधित्व गर्दै अमेरिका प्रस्थान गरेकी छन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वल्र्डको फिनालेमा उनेले प्रतिस्पर्धा गर्ने छिन् । 


सन् १९८४ मा स्थापित मिसेस वल्र्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता पनि हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रको सहभागिता रहने छ । मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी दिक्षा मिसेस वल्र्डमा यसै सम्बन्धि आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दै छिन् ।

उनले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्ने तयारी गेकी छन् । स्टेला द मेक अप स्टुडियोको श्रृङ्गारमा प्रस्तुत हुन लागेकी दिक्षालाई हाल अमेरिकामै बसोबास गर्दै आएकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेकअप गर्ने छिन् । उनले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाउनका लागि श्रीगणेश सुनचांँदी पसलवाट प्राप्त भएको आकर्षक बुद्धका स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्ने छिन् ।


दीक्षाले यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘वाई वाई मिसेस नेपाल वल्र्ड’मा सहभागी भएर प्रतियोगिताको विजेताको रुपमा चयन भएकी हुन् । 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्