Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वाट्टै घट्यो नेपालमा जन्मदर

आइतबार, मंसिर २५, २०७९

काठमाडौँ । नेपालमा पछिल्लो २ दशकमा जन्मदर स्वाट्टै घटेको छ । गएको २६ वर्षको अवधिमा औसत २ जना महिलाले ९ जना बच्चा जन्माउने गरेपनि २०२२ सम्म आइपुग्दा एक महिलाले २ जना बच्चा मात्र जन्माउने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । 

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले सन् १९९६ देखि २०२२ सम्म गरेको सर्वेक्षणमा यस्तो देखाएको हो ।  सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् २ जना महिलाले ९ जना बच्चा जन्माउँथे ।


सर्वेक्षणका अनुसार २००१ मा प्रति महिलाले बच्चा जन्माउने दर २.१ थियो । अर्थात् औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रतिशत थियो भने सन् २०११ जन्मदर घटेर २.६ प्रतिशतमा पुग्यो। 


यस्तै, सन् २०१६ मा जन्मदर २.३ प्रतिशत पुग्दा २०२२ सम्म आइपुग्दा घटेर २.१  प्रतिशतमा झरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्