Nic Ad Nic Ad
Nic Ad Nic Ad

६८ प्रतिशतले पास गरे फार्मेसी सहायकको लाइसेन्स परीक्षा

आइतबार, मंसिर २५, २०७९

काठमाडौँ । फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् । नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएको जनाइएको छ । 


दिउसो १ बजेदेखि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा कुल १ हजार ४१४ जनाल सहभागी  थिए। त्यसमध्ये ९६७ (६८.३८ प्रतिशत) उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले जानकारी दिए।


पछिल्लो समय परिषद्ले परीक्षालाई मर्यादित बनाउन औला र अनुहारको स्क्यान गर्ने गरी बायोमेट्रिक सिस्टम लागू गरेको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्