Nic Ad Nic Ad
Nic Ad Nic Ad

के तपाईँको पनि कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ?

सोमबार, मंसिर २६, २०७९

१. यदि कान दुखेको छ वा कानमा घाउ आएको छ भने निमको पातलाई पानीमा उमालेर त्यसको बाफ लिनाले आराम मिल्दछ ।

२. लसुन, अदुवा र मुलाको रसलाई हल्का तताई २/२ थोपाका दरले कानमा हाल्नाले कान पाक्ने समस्या निको हुन्छ ।

३. पुदिना र तुलसीको रस २/२ थोपाका दरले कानमा हाल्नाले कानका कीराहरू मर्दछन् ।

४. तुलसीको पातको रस र कपुरलाई मिलाई हल्का तताएर कानमा लगाउनाले कान दुख्ने समस्या साथै कम सुन्ने समस्या कम हुन्छ ।

५. यदि कानभित्र कीरा परेको छ भने सर्स्यूँको तेल मनतातो बनाई कानमा हालेमा कीरा बाहिर आउँदछ ।

६. यदि काने गुजी बगिरहेको छ भने लसुन, निमको पात र सर्स्यूँको तेल मिलाई सफा कपडाले छानेर राती सुत्नुभन्दा पहिला १/२ थोपा हाल्नाले शीघ्र लाभ मिल्दछ ।

७. बेसारकाे धुलो लाई तिलको तेलमा पकाई २३ थोपा कानमा हाल्नाले फाइदा पुर्‍याउँछ ।

८. एक कप मनतातो पानीमा फिटकीरी मिलाई कान धुनाले कानलाई फाइदा पुर्‍याउँछ ।

साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्