Nic Ad Nic Ad
Nic Ad Nic Ad

चोट सहिन्छ, कहिन्न : एक प्रेरक प्रसङ्ग

सोमबार, मंसिर २६, २०७९

उनीहरू तीर्थयात्री थिए । बाटो असाध्यै कष्टकर थियो । यात्रीहरूलाई चोटपटक लाग्नु सामान्यजस्तै थियो । एक सज्जन यस्तो बाटोमा तीर्थयात्रा गर्न सकेकोमा भित्रभित्रै गर्व गरिरहेका थिए ।

आफ्नो शरीरमा लागेको चोट हेर्दै उनी आफूलाई ठुलो साहसी ठानिरहेका थिए । त्यस्तैमा उनले एक वृद्ध ढुङ्गामा अल्झिएर नराम्रोसँग लडेको देखे । त्यसरी लड्दा पनि वृद्धाको अनुहार उत्तिकै उज्यालो देखियो ।


वृद्धाका साथमा अन्य व्यक्ति पनि थिए । उनीहरूले वृद्धालाई सहारा दिएर उठाए र घाउमा औषधि लगाइदिए । वृद्धाले सकि नसकी हिँड्ने प्रयत्न गरिन् ।

यति हुँदा पनि उनको अनुहारमा कुनै पीडा देखिएन, उनी पहिलेझैँ शान्त र हँसिलो मुद्रामा कुरा गरिरहिन् ।


यी सबै आफ्नै आँखाअगाडि भएको देखेर ती सज्जनलाई खपि नसक्नु भयो । उनी ती वृद्धाको नजिकै गए र सोधे— आमा, तपाईँलाई यति धेरै चोट लागेको छ, तैपनि तपाईँ केही नभएको जस्तो गरी हिँडिरहनु भएको छ । कसरी ? 


वृद्धाले उत्तिकै प्यारका साथ भनिन्— बाबु, तीर्थयात्रामा चोट सहिन्छ, कहिन्न ।


साभार: ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्