वाकाथन सकेर फुटबलका लागि रङ्गशाला पुग्यो महानगरको टोली (फाेटाे फिचर)
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटबलको आयोजना गरिएकाे छ । विहानकाे वाकथन सकेर महानगरकाे टीम अहिले दशरथ रंगशाला प्रवेश गरेकाे छ।
दशरथ रंगशालामा मेयर र प्रमुख कार्यकारी अधिकृतको टीमले प्रतिस्पर्धा गर्ने छन् । अहिले मेयर बालेन शाहसहित नगरपालिकाको टीम रंगशाला पुगेको छ।
खेलकुद इभेन्ट संचालन उपसमितिसँगको समन्वयमा सामाजिक विकास विभागले खेलको आयोजना गर्ने महानगरले जनाएको छ ।
महानगरका अनुसार खेलकुदका लागि सामाजिक विकास विभागको कोषबाट ७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । खेलकुदका लागि जर्सी, मोजा, क्याप, रेफ्री र राष्ट्रिय खेलकुद परिषदलाई भुक्तानी गर्नेसमेत सामाजिक विकास विभागले गर्ने छ ।
विहान गरिएकाे वाकथनका लागि प्रशासन विभाग र सूचना तथा प्रविधि विभागसँगकाे समन्वयमा रहेर महेश नेपालीले संयाेजन गरेका थिए भने यसका लागि महानगरले ५ लाख बजेट छुट्याएकाे थियाे
।